सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदै



काठमाडौं, साउन १४
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । विहीबार विहान ८ :३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारबारे गठबन्धनका नेताहरुसँग छलफल गर्दै छन् ।

प्रधानमन्त्रीले बुधबार विहान पनि गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । गठबन्धनमा आबद्ध पार्टीको आन्तरिक समस्याका कारण नयाँ सरकार बनेको तीन साता हुनै लाग्दा पनि मन्त्रिपरिषदले पूर्ण पाउन सकेको छैन । २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्रीका साथमा मन्त्री र एक राज्यमन्त्री मात्र छन् । सत्ता साझेदार दल जनता समाजवादी पार्टीले आन्तरिक समस्या समाधान भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारका लागि छलफललाई तीव्रता दिएका छन् ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार आज भोलि नै मन्त्रिपरिषद विस्तारको तयारी छ । आजको छलफलमा पावर सेरिङमा कुरा मिले आजै पनि मन्त्रिपरिषद विस्तार हुन सक्ने उनको भनाइ छ । मन्त्रिपरिषद विस्तारमा ढिलाइ गर्न नहुनेमा शीर्ष नेताहरुमा एक मत रहेकाले चाडै नै मन्त्रिमण्डलले पूर्णता पाउने उनले बताए ।

सत्तारुढ दलहरुले पनि मन्त्री छनोटको जिम्मा पार्टीका शीर्ष नेतालाई दिएका अवस्था छ । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव बाबुराम भट्टराई, नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News