एमसिसी सम्भावित सूचीमा परेन, यस्तो छ आजको संसद्को सम्भावित कार्यसूची


 


काठमाडौं, फागुन ४
आज बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा एमसिसी समेटिएको छैन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालगायत कांग्रेस नेताहरुको अभिव्यक्तिअनुसार आजको संसदमा एमसिसी टेबुल गर्ने सम्भावना रहे पनि संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा भने एमसिसी परेको छैन ।

प्रतिनिधि सभाको बैठक आज १ बजेका लागि आह्वान गरिएको छ । त्यसअघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसिसी अगाडि बढाउन सरकारले प्रस्ताव गरे अघि बढाउने सभामुखको तयारी रहेको जनाइएको छ।

प्रकाशित मिति: ४ फाल्गुन २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्