सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु


 


कैलाली, साउन २०
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोभिड अस्थायी अस्पतालमा आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

बिहीबार अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटीसको समस्या थियो तर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो ।

सूचना अधिकारी श्रेष्ठकाअनुसार मृतकले कोरोना भाइरसविरुद्धको खोप भने लगाएका थिएनन् ।

प्रकाशित मिति: २० श्रावण २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्