इजरायलमा अब मासिक तलब दुई लाख


 


काठमाडौं, चैत्र २७
इजरायलले जीटुजीमार्फत गएको नेपाली कामदार (केयरगिभर) को तलब बढाएको छ ।

अहिले न्युनतम पारिश्रमिक ५ हजार ३ सय सेकल (इजरायली मुद्रा) पाउँदै आएकामा अब ५ हजार ५ सय ७१ सेकल पाउने भएका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले इजरायलमा सहायक कामदारका रुपमा गएका नेपालीले मासिक २ लाख १ हजार ८ सय ५७ रुपैयाँ पाउने जानकारी दिए ।

उनका अनुसार यसअघि त्यहाँ कार्यरत नेपाली केयरगिभरले मासिक १ लाख ९० हजार पाउँदै आएका थिए । इजरायल सरकारले केही दिन अघि तलब बढाएको हो ।

योसँगै इजरायलले प्रत्येक वर्ष वार्षिक रुपमै श्रमिकको पारिश्रमिक बढाउने भएको छ । पछिल्लो समय इजरायललमा कार्यरत श्रमिक तथा कर्मचारीले सेवा सुविधा बढाउनुपर्ने माग राखेर सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए । कारोबार दैनिकबाट

प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्