आजको मौसम : पहाडी भेगमा हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना


 


काठमाडौं, वैशाख ३
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदलीदेखि सामान्यतया सफा अवस्था रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

राती कोशी प्रदेशका पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: ३ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्