शुक्रबार देशका पाँच प्रदेशमा वर्षाको सम्भावना


 


काठमाडौं, वैशाख १५
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले शुक्रबार देशका पाँचवटा प्रदेशमा वर्षा हुने भएको छ।

पश्चिमी वायुको प्रभावका साथै प्रि–मनसुन गतिविधि पनि सक्रिय रहेकाले वर्षाको सम्भावना रहेको छ ।

विशेषगरी देशका पहाडी भेगमा मेघजर्गनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ भने मध्य र पश्चिम तराईका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

आज ९बिहीबार० राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघजर्गनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघजर्गनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्