परराष्ट्रमन्त्री साउँद बंगलादेश प्रस्थान


 


काठमाडौं, वैशाख २९ । परराष्ट्रमन्त्री एनपी साउद बंगलादेशको ढाकामा हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन आज (शुक्रबार) त्यसतर्फ प्रस्थान गरेका छन् ।

‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका हुन लागेको उक्त सम्मेलनमा उनले यही वैशाख ३० गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले बंगलादेश सरकारका उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट गर्नुका साथै सम्मेलनका क्रममा विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटघाट गर्नेछन् । उनी वैशाख ३१ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्