Deshko News
१४ मंसिर २०८०, बिहिबार

अमेरिका पठाइदिने भन्दै ठगी गर्ने पक्राउ


 


काठमाडौं, वैशाख २९ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोप एकजना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका–२० घर भएका ५६ वर्षीय ओम शाक्यलाई बिहीबार कालीमाटीबाट पक्राउ गरेको जनाएको छ।

शाक्यले पीडित पासाङ ल्हामु शेर्पालाई वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै पटक–पटक गरी १५ लाख रुपैयाँ लिएर फरार थिए।

उनी रकम बुझेर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्