सुर्खेतको पञ्चपुरीबाट भरुवा बन्दुकसहित ३ जना पक्राउ


 


सुर्खेत, वैशाख ३०। सुर्खेतको पञ्चपुरीबाट भरुवा बन्दुकसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । तातोपानी अस्थायी प्रहरी पोष्टबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका–१० बच्छीबाट तीन जनाको शिकारी टोलीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

भरुवा बन्दुक लुकाइछिपाई राखेको सूचना प्राप्त गरेलगत्तै त्यहाँ पुगेको प्रहरीले तीन नाल बन्दुकसहित सोही नगरपालिका–१० का ४५ वर्षीय जगतबहादुर खत्री, ५७ वर्षीय हस्तबहादुर नेपाली र ६० वर्षीय टेकबहादुर बयकलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्