महाकाली नदीमा पुरुषको शव फेला


 


दार्चुला, वैशाख ३० । दार्चुलामा महाकाली नदीमा बेवारिसे अवस्थमा उक पुरुषको शव फेला परेको छ । शनिबार बिहान साढे ८ बजेको समयमा महाकाली नगरपालिका –५ नमस्कारस्थित महाकाली नदीको बीच भागमा ढुङ्गामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

नामथर, वतन र उमेर समेत नखुलेका अन्दाजी ३०÷३५ वर्षको पुरुषको शव महाकालीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरी टोलीले शव महाकाली नदीबाट निकाली शवको मुचुल्कासहितको प्रारम्भिक अनुसन्धान कार्य पूरा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनले शव जिल्ला अस्पताल दार्चुलाको शव गृहमा राखिएको र अहिलेसम्म सनाखत हुन नसकेको बताए । मृतकको खल्तीमा अन्जनी टुर एण्ड ट्राभल्स (टनकपुर, महेन्द्रनगर, बरेली, हल्द्धानी, हरिद्वार, देहरादुन, दिल्ली) लेखेको भिजिटिङ कार्ड फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्