आजदेखि एमडिएमएस लागू हुँदै, अब नयाँ मोबाईल दर्ता अनिवार्य


 


काठमाडौं, जेठ १
मोबाइलको आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) आजदेखि लागु भएको छ ।

यससँगै अबदेखि नेपाल भित्रिने मोबाइल (सम्बन्धित मोबाइलको आइएमइआई) लाई यो प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने छ ।

प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लकु गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले स्पष्ट पारेको छ।

प्राधिकरणका अनुसार प्रणालीमा मोबाइलको आइएमइआई दर्ता गर्न कुनै शुल्क लाग्दैन । त्यस्तै आइतबार (वैशाख ३१) सम्म प्रयोगमा रहेका मोबाइल भने प्रणालीमा स्वतः दर्ता हुने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । लामो समयको उतारचढावपछि एमडिएमएस कार्यान्वयनमा आउन लागेको हो ।

प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्