आजदेखि दुई हप्ताको लागि बन्द भयो मेलम्चीको पानी वितरण


 


काठमाडौं, जेठ १
काठमाडौं उपत्यकामा आजदेखि दुुई हप्ताको लागि मेलम्चीको पानी वितरण रोकिने भएको छ ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने भएको हो ।

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको आयोजनाले जनाएको छ ।

यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौं उपत्यकामा वितरण गरिएको थियो ।

प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्