कांग्रेसको दाबी : आरजु र मञ्जुसँग जोडिएको अडियो नक्कली हो


 


काठमाडौं, जेठ २ । नेपाली कांग्रेसले नक्कली शरणार्थी प्रकरणमा नेतृ आरजु राणा र मञ्जु खाँणसंग जोडिएको अडियो नक्कली भएको दाबी गरेको छ ।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले मंगलवार पत्रकार सम्मेलन गर्दै अडियो प्रकरण झुटो र मिडिया ट्रायल मात्रै भएको दाबी गरेका हुन् । उनले यस विषयमा बोलिरहनसमेत नपर्ने बताए ।

‘यो झुटो र मिडिया ट्रायल हो । आरजु राणा आरोपित पनि होइन, प्रमाण पनि छैन । यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ महतले भने, ‘उहाँले साइबर ब्यूरोमा अडियो नक्कली हो भनेर आफैँले छानविनका लागि उजुरी पनि दिनुभएको छ ।’

शरणार्थी प्रकरणमा बालकृष्ण खाँण पत्नीले ६ करोड र आरजुले साढे दुई करोड लिएको अप्रमाणित अडियो बाहिरिएको थियो । खाँण पक्राउ परेपछि मञ्जु फरार छिन् ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्