चट्याङबाट पाँचको मृत्यु, ४३ जना घाइते


 


काठमाडौं, जेठ २ । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ । एक महिनाको अवधिमा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ भने ४३ घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार गत वैशाख १ देखि जेठ १ सम्ममा चट्याङका ४४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार गए राति चट्याङ लागेर दैलेखमा एकै घरका चारजना घाइते भएका छन् ।

डुङेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विकलाई सुतिरहेकै बेला चट्याङ लागेको हो । घाइतेहरुको उपचार भइरहेको प्राधिकरणले जनाएको छ ।

मौसमविद् गोविन्द झाका अनुसार आज बागमती, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा चट्याङ पर्ने सम्भावना छ । प्री–मनसुनमा चट्याङ पर्ने धेरै सम्भावना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्