गठबन्धनको बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने


 


काठमाडौं, जेठ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमलगायतका बारेमा छलफल गर्न सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍्को कार्यालयमा बैठक बस्न लागेको हो ।

त्यसअघि प्रधानमन्त्री प्रचण्डले १० दलीय गठबन्धनको बैठक डाकेका छन् । सरकारका नीति तथा कार्यक्रमका बारेमा राय लिनका लागि गठबन्धनका बैठक बोलाएका हुन् ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्