रास्वपा संसदीय दलको बैठक बस्दै, के-के छन् एजेण्डा ?


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज बिहान ८ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल लगायतले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुने बताइएको छ ।

संसद्को बजेट अधिवेशन यही वैशाख २८ गतेलाई आह्वान भएको छ । सहकारी अपलचनमा गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने संलग्न रहेको आरोप कांग्रेसको छ । बजेट अधिवेशन पनि चल्न नदिने कांग्रेसको तयारी छ ।

सोही कारण सत्तारुढ दल र आफ्नै पार्टीमाथि आरोप लागिरहेको बेला के गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने र रणनीति तय हुने बताइएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्