सुनको मूल्य आज पनि घट्यो


 


काठमाडौं, जेठ ४ । नेपाली बजारमा सुनको मूल्य आज (बिहीबार) पनि घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ९ हजार ७०० रुपैयाँ कायम भएको छ । सुन हिजो (बुधबार) प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने आज यथावत छ । चाँदी आज पनि प्रतितोला एक हजार ३७० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्