महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्तिका लागि सहयोग


 


काठमाडौं, २ जेठ । महालक्ष्मी विकास बैङ्कले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरूलाई छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग गरेको छ ।

“बालबालिकालाई शिक्षित गर्नुहोस्” कार्यक्रम अन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपाल मार्फत बैङ्कले करिब एक हजार विद्यार्थीहरुका लागि प्रदान गर्न लागेको उक्त छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो ।

जेठ २ गते बुधबार काठमाडौं, धनगढी, वीरगन्ज, नेपालगन्ज, नारायणगढ, जनकपुर, बुटवल, भैरहवा गरी आठ स्थानमा भएका कार्यक्रममा सहयोग गरेको हो । बैङ्कले शिक्षाको मुल धारमा आउन नसकेका, पिछडिएका तथा विभिन्न कारणले बन्दी जीवन बिताएका अभिभावकका बालबालिकाहरूलाई शिक्षाको अवसर प्रदान गर्न आवश्यक समन्वय गर्दै आइरहेको उक्त संस्थासँगको सहकार्यमा विद्यार्थीका लागि सहयोग प्रदान गरेको हो ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको यस बैङ्कले आगामी दिनमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि निरन्तर रुपमा कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्