सुनको मूल्य आज फेरि बढ्यो, चाँदीको घट्यो


 


काठमाडौं, जेठ १० । नेपाली बजारमा सुनको मूल्य आज (बुधबार) फेरि बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ९ हजार आठ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला एक लाख ९ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने सामान्य घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्