नीति कार्यक्रम चीर निद्रामा रहेको बूढानीलकण्ठको शालिक जस्तो : गोकर्ण विष्ट


 


काठमाडौं, जेठ १० । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभाका सांसद गोकर्ण विष्टले सरकारको नीति कार्यक्रम चीर निद्रामा रहेको बूढानीलकण्ठको शालिक जस्तो भएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको नीति कार्यक्रम चलायन, गतिशील बन्न नसकेको बताएका हुन्।

कर्जा प्रवाहको अवस्था, रोजगारी सिर्जना, उत्पादन उत्पादकत्वको अवस्थालगायतका विषयमा समीक्षा नभएको उनले बताए ।

यी समस्याहरूलाई समाधान गर्नेगरी गहिराइबाट नीति कार्यक्रम नआउँदा समस्याको समाधान नहुने उनले बताए।

उनले संरचनागत सुधारको आवश्यकता भएको बेला सरकारको नीति कार्यक्रम सामान्य अवस्थामा आएको बताए। ‘यो नीति कार्यक्रम चीर निद्रामा सुतिरहेको बूढानीलकण्ठ शालिकजस्तो छ,’ उनले भने, ‘जसमा कुनै चलायमान छैन ।’

प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्