घुस मागेको आरोपमा इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा


 


काठमाडौं, जेठ १० । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घर जग्गा नक्सा पास गराउन घुस मागेको आरोपमा इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सुनसरी बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहताविरूद्ध बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

यसअघि अख्तियारको टोलीले मेहतलाई २० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। घर जग्गा नक्सा पास गर्नका लागि सेवाग्राहीसँग २० हजार घुस मागेको उजुरीका आधारमा छानबिन गर्दा मेहताले घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

मेहतालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम कैद सजाय माग गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्