सुनको मूल्य घट्यो
काठमाडौं, जेठ ११ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुन आज तोलामा एक हजार रुपैयाँ घट्दै प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला एक लाख ९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।