गणतन्त्रमा अपराधको राजनीतिकरण र बाह्य शक्तिको दलालीले व्यवस्था कुप्रिएको छ : भीम रावल


 


काठमाडौं, जेठ १५
नेकपा एमालेका नेता डा. भीम रावलले गणतन्त्रमा अपराधको राजनीतिकरण, भ्रष्टाचार र बेथितिले व्यवस्था कुप्रिएको बताएका छन् ।

सोमबार गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रावलले यस्तो बताएका हुन् ।

उनले गणतन्त्रलाई सोझो गरी उभ्याउन र हिलोमैलो पखाल्न चेतना र जाँगरको सञ्चार होस् भनी कामना गरे ।

‘गणतन्त्र स्थापनाको १६औं वर्षमा यस व्यवस्थामा युवा शक्ति र स्फूर्ति हुनुपर्ने हो तर अपराधको राजनीतिकरण, भ्रष्टाचार, बेथिति र बाह्य शक्तिको दलालीले व्यवस्था कुप्रिएको छ र कुरूप देखिन थालेको छ । यसलाई सोझो गरी उभ्याउन र हिलोमैलो पखाल्न चेतना र जाँगरको सञ्चार होस्, सबैमा यही शुभकामना,’ उनले लेखेका छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्