बझाङमा यार्सा संलकन गरेर घर फर्किँदै गर्दा भीरबाट लडेर युवकको मृत्यु


 


बझाङ, असार १ । बझाङमा यार्सा संलकन गर्न गएका एकजनाको भीरबाट लडेर मृत्यु भएको छ ।

जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ५ सैनगाउँका अन्दाजी ३५ वर्षीय लडे जेठाराको सुर्मा ४ स्थित हलेली भन्ने स्थानमा बिहीबार बेलुका लडेर मृत्यु भएको हो ।

जेठ दोस्रो हप्ता यार्सा संकलनका लागि पार्थी हिमाल चढेका जेठारा बिहीबार एक्लै घर फर्किरहेका थिए । स्थानीयका अनुसार जेठाराको शव बिहीबार राति ८ बजे मात्रै भेटिएको हो ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्