सहकारीका व्यवस्थापक ४२ लाख रुपैयाँ ठगी आरोपमा पक्राउ


 


इलाम, असार १ । इलामको एक सहकारी संस्थाका पूर्वसचिव एवम् व्यवस्थापक सहकारीकै रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् । सानिमाई चिया उत्पादन सहकारी संस्थाका पूर्व सचिव तथा व्यवस्थापक ण्लाम नगरपालिका–६ का ४५ वर्षीय वेदनिधि पोखरेल पक्राउ परेका हुन् ।

पोखरेलले सहकारी संस्थाको पूर्व सचिव तथा व्यवस्थापक रहँदा आर्थिक रकम हिनामिना गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उनले ४२ लाख ६३ हजार ५३६ रुपैयाँ १३ पैसा ठगी गरेको भनी संस्थाका अध्यक्षले दिएको जाहेरीको आधारमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्