महिला प्रहरीमाथि दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित


 


काठमाडौं, असार १ । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बित भएका छन् ।

महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले बिहीबार गृह मन्त्रालयलाई पत्र पठाएपछि मन्त्रालयले आज (शुक्रबार) एसएसपी पाललाई निलम्बन गरेको हो ।

केही दिनअघि महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपपछि उनलाई प्रहरी प्रधान कार्यालय तानिएको थियो ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्