हेटौँडाका वडाध्यक्षले पनि राखे ‘ग्रेटर नेपाल’को नक्सा


 


काठमाडौं, असार १ । हेटौँडा उपमहानगरपालिका–७ का वडाध्यक्ष दामोदर गौतमले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।

भारतले नेपाली भूमि मिच्न खोजेकाले त्यसको विरोधमा आफूले पनि कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेको वडाध्यक्ष गौतमले बताए।

छिमेकी मुलुक भारतले आफ्नो नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तुसमेत समेटिएको ‘अखण्ड भारत’ नामको नक्सा राखेपछि त्यसको प्रतिवादमा नेपालमा पनि स्थानीय तहका जनप्रतिनिधिहरूले पनि पूर्व टिस्टा र पश्चिममा काँगडासम्म फैलिएको विशाल नेपालको नक्सा आफ्नो कार्यालयमा राख्न थालेका छन्।

यो अभियानको सुरुवात काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गरेका थिए । यसअघि मकवानपुरकै थाहा नगरपालिका–३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीले गत मंगलबार ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका छन्।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्