प्रधानन्यायाधीशमा कार्कीको नियुक्ति र शपथ आजै


 


काठमाडौं, असार १ । हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

संसदीय सुनवाइ समितिले कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेसँगै राष्ट्रपति कार्यालयले नियुक्ति गरेको हो । उनको सपथ पनि आजै गर्ने तयारी भइरहेको छ ।

शपथ आजै अपराह्न सवा ५ बजे शपथको तयारी गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि शुक्रबार नै कार्कीको नाम अनुमोदन गरेको थियो ।

आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्