आदिपुरुष फिल्मका लेखकले भने– नेपाल भारतकै अंश हो


 


एजेन्सी । ‘आदिपुरुष’लाई लिएर नेपालमा विरोध भएपछि त्यस फिल्मका लेखकले नेपाल भारतकै अंश भएको बताएका छन् ।

भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा आदिपुरुषका पटकथा लेखक मनोज मुंतशिरले आदिपुरुषलाई लिएर नेपालमा भइरहेको विरोधबारे आफूले बुझ्न नसकेको बताए ।

नेपाल राष्ट्रको रूपमा भारतबाट अलग नभएका कारण सीता भारतकै ‘बेटी’ भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘नेपालको विरोध मैले बुझ्न सकिरहेको छैन किनभने नेपाल भारतको अंश थियो । त्यसैले हामीले सीतालाई ‘भारतकी बेटी’ भनिरहँदा नेपाल भने भारतबाट अलग थियो र ?’

उनले थपेका छन्, ‘नेपाल त १९०३ मा भारतबाट अलग्गिएको थियो । नेपाल त ठ्याक्कै भारत जस्तै थियो । नेपाल भारत नै थियो, त्यो हिसाबले सीता भारतकै ‘बेटी’ थिइन् ।’

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्