सिनेमा हल व्यवसायीद्वारा मेयर बालेनविरुद्ध मुद्दा दायर


 


काठमाडौं, असार ६ । सिनेमा हल व्यवसायीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् ।

हिन्दी सिनेमा काठमाडौंमा प्रदर्शन गर्न रोक लगाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन र काठमाडौं महानगरलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा बालेनविरुद्ध मुद्दा दायर गरेका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनले सोमबारबाट कामपाभित्रका सिनेमा घरमा ‘आदिपुरुष’लगायत हिन्दी सिनेमा चलाउन नदिएपछि सिनेमा घरमा हिन्दी सिनेमा रिलिज भएका छैनन् । ‘आदिपुरुष’ भने वितरकले देशभरका हलबाट उतारिसकेका छन् ।

सिनेमा चलाउन दिने अधिकार संघ सरकारको हो कि स्थानीय सरकारको हो भन्दै उनीहरूले प्रश्न उठाएका छन् ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्