सन्दीप लामिछानेको मुद्दाको बहस सकियो, फैसला आजै आउने


 


काठमाडौँ, जेठ २ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको बहस सकिएको छ ।

उच्च अदालत पाटनमा मंगलबारदेखि सुरु भएको बहस बुधबार सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो । मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै’ राखिएको थियो ।

बहस सकिएपछि न्यायाधीशहरू फैसलाको तयारीमा लागेका छन् । फैसलाको पूर्णपाठ भने पछि आउने बताइएको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्