नेप्से आज पनि घट्यो, कति भयो कारोबार ?


 


काठमाडौं, असार ६ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि घटेको छ । नेप्से परिसूचक घटेर २०५० अंकमा आएर रोकिएको छ ।

नेप्से परिसूचक हिजो मंगलबार पनि घटेको थियो । हिजो परिसूचक २६ अंकले घटेको दिन ४ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो । परिसूचक घट्दा आज हिजोको तुलनामा कारोबार रकम पनि घटेको छ ।

आज नेप्सेमा ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको ८६ लाख ५१ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक दोहोरो अंकले घट्दा १७९ कम्पनीको सेयर मूल्य समेत घटेको छ । यस्तै, ४५ कम्पनीको सेयर मूल्यमा समेत गिरावट आएको छ ।

यसक्रममा आज सिटी होटलको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । यस्तै, ग्रिन भेञ्चर लिमिटेडको सेयर मूल्य ६।९८ प्रतिशतले खुम्चिएको नेप्सेले जनाएको छ । परिसूचक उच्च अंकले घट्दा ४ समूहको सूचक भने बढेको छ ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्