बालेनकी शिक्षा सल्लाहकार रेशुले राजीनामा दिनुको भित्री कारण के हो ?


 


काठमाडौं, असार ६ । काठमाडौं महागनगरपालिका मेयर बालेन्द्र साह (बालेन)का शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले विविध कारण देखाउँदै आज (बुधबार) पदबाट राजीनामा दिएकी छन्।

उनले मेयर बालेनले क्षेत्राधिकार भन्दा बाहिर गएर काम गरेको भन्दै पदबाट राजीनामा दिएको बताएकी छिन् । यद्यपि उनले कारण भने खुलस्त बताएकी छैनन् ।

को हुन् रेशु ?
मेयर बालेनले हिन्दी फिल्न आदिपुरुषका कारण काठमाडौं महानगर क्षेत्रमा हिन्दी चलचित्र प्रदर्शन गर्न रोक लगाएपछि उनी शिक्षा सल्लाहकार रेशु अर्याल असन्तुष्ट थिइन् । यसमा उनको स्वार्थ बाझिएको पाइयो । रेशु चलचित्र निर्माता, निर्देशक तथा सिनेमा हल क्यूएफएक्स चेनका सञ्चालक भाष्कर ढुंगानाकी श्रीमती हुन् ।

स्रोतका अनुसार बालेनले काठमाडौं महानगरपालिकामा हिन्दी फिल्मको प्रदर्शन रोकेपछि उनका श्रीमान भाष्करसहित उनले पनि असन्तुष्टि जनाएकी थिइन् ।

उनले चलचित्रको प्रदर्शनी रोक्नु महानगरपालिकाको क्षेत्राधिकारभित्र नपर्ने दाबी गर्दै आएकी छिन् । उनले राजीनामा दिनुको मुख्य कारण यही हुनसक्ने अनुमान गरिएको छ ।

बालेनले केही दिनअघि दक्षिण भारतीय चलचित्र आदिपुरूषको संवादप्रति आपत्ति जनाउँदै महानगरपालिकामा सबै हिन्दी फिल्म प्रदर्शनी राक्ने निर्णय गरेका थिए । आदिपुरूषको प्रदर्शन काठमाडौंमा मात्रै नभई अहिले देशैभर रोकिएको छ ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्