सुनको मूल्य अझै घट्यो, यस्तो छ बजार भाउ


 


काठमाडौं, असार ७ । नेपाली बजारमा सुनको मूल्य आज (बिहीबार) पनि घटेको छ । सुन आज तोलामा पाँच सय घट्दै प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो अघिल्लो दिनको तुलनामा आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य तीन दिनदेखि लगातार घटिरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने चार दिनदेखि घटिरहेको छ ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्