सेयर बजारमा सामान्य सुधार, कति भयो कारोबार ?


 


काठमाडौं, असार ७ । साताको अन्तिम आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से ४.७५ अंक बढेको छ । यससंगै नेप्से २०५५ अंकमा पुगेको छ । दिनभर कुल ३ अर्ब ४४ करोडको कारोबार भयो । हिजो ३ अर्ब ४९ करोडको कारोबार भएको थियो ।

कुल ७४ कम्पनीको मूल्य बढेको छ भने १४७ को घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहृयो । आज होटल तथा पर्यटन उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो उपसमूह ८ प्रतिशत बढ्यो । बैंकिङ ६.९, विकास बैंक २३, फाइनान्स ४, जलविद्युत् ४०, उत्पादन २३, माइक्रोफाइनान्स २४ र ब्यापार उपसमूह ८ अंक घटे । होटल ४४८, जीवन बीमा ३५९, निर्जीवन बीमा २९५ र अन्य उपसमूह ११ अंक बढे ।

यस दिन ३ होटलको मूल्य १० प्रतिशत बढ्यो । तारागाउँ रिजेन्सी, ओरियन्टल होटल र सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै बीपीडब्लु लघुवित्त, हिमालयन लाइफ इन्स्योरेन्स र कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा सोल्टी होटल, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, आईजीआई प्रुडेन्सियल र नागरिक लगानी कोष क्रमशः अगाडि रहेका छन् ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्