सुनको मूल्य आज ७ सय रुपैयाँ घट्यो, कति छ तोलाको ?


 


काठमाडौं, असार ८ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि निरन्तर ओरालो लागिरहेको छ । चाँदी आज तोलामा २५ रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्