सहिद परिवारले गरे प्रदेशको गृह मन्त्रालयमै तालाबन्दी


 


जनकपुरधाम, असार १७ । मधेश प्रदेशमा जनयुद्धका सहिद परिवारले प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरेका छन्।

आइतबार मधेश शहीद प्रतिष्ठानले दिने घोषणा गरेको ३ लाख रुपैयाँ नदिएको भन्दै उनीहरुले मन्त्रालयमा पुगेर तालाबन्दी गरेका हुन्।

प्रदेश सरकारले गत वर्ष नै जनयुद्धमा शहीद भएका परिवारलाई किस्तावन्दीमा ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेकोमा प्रतिष्ठानले तीनवर्षसम्म एकएकलाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रम अन्तर्गत यसपटक शहीद परिवारले पैसा पाएका छैनन्।

सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको शहीदको नाम र ठेगानाको आधारमा रकम दिने भनेको छ। तर, शहीद परिवारले गतवर्ष जस्तै प्रमाण पत्रको आधारमा पाउनु पर्ने माग गरेका छन्।

विभिन्न जिल्लाबाट आएका शहीद परिवारले मन्त्रालयमा तालाबन्दी गर्नुअघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्ने प्रयास गरेपनि भेट्न पाएनन्।

प्रकाशित मिति: १७ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्