गिरिजाप्रसादलाई पहिलो राष्ट्रपति बनाउन नसकेकोमा प्रचण्डको पश्चात्ताप


 


काठमाडौं, असार १८ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा पश्चात्ताप गरेका छन् ।

सोमवार गिरिजाप्रसाद कोइरालाको सयौं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउने प्रस्ताव गर्न नसकेकोमा पश्चाताप गरेका हुन् ।

गिरिजाप्रसादलाई विश्सास गर्न नसकेर आफूले गल्ती गरेको उनले बताए । गिरिजाप्रसादको चाहाना विपरित कतिपय निर्णयसमेत आफूले गरेको उनको भनाइ छ ।

‘गिरिजाप्रसाद कोइरालामा कुनै दुविधा, अविश्वास या आशंका थिएन । बरु मैले गल्ती गरेँ उहाँले गर्नुभएन । मैले उहाँसँगको पहिलो भेटमा भनेको कतिपय कुरा र गरेका प्रतिबद्धता पूरा गर्न सकिनँ । मैले उहाँको चाहनाविपरीत पनि कतिपय निर्णय गरेँ,’ उनले भने, ‘म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई मैले पहिलो राष्ट्रपतिको प्रस्ताव गर्न सकिनँ । मलाई पश्चात्ताप छ । मैले प्रस्ताव नगरेपछि पहिलाको जस्तो विश्वास गर्नुहुन्न भन्ने लागेको थियो। तर, अविश्वास गर्नु भएन ।’

प्रकाशित मिति: १८ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्