फूल टिप्न जङ्गली गएकी वृद्धाको हात्तीले कुल्चेर मृत्यु


 


झापा, असार १८ । मेचीनगर नगरपालिका–१० मा आज (सोमबार) बिहान जङ्गली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु भएको छ।

हात्तीले कुल्चेर ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले जानकारी दिए । सिलगुढी निवासी मृतक साह एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन्।

झापामा ६ दिनअघि मात्र जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले किल्चेर मारेको थियो।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार चालू आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति: १८ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्