सरकार ढाल्न खोजेको आरोप गलत हो : उपेन्द्र यादव

काठमाडौं, वैशाख २६ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूले सरकार ढाल्न नखोजेको बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले यस्तो जवाफ दिएका हुन् ।
उनले एकीकृत समाजवादीसँग मिलेर अहिलेको सरकार ढाल्न खोजेको भन्दै हल्ला गरिएको गुनासो गरे ।
‘एकीकृत समाजवादीसँग मिलेर सरकार ढाल्ल लागेको भनेर गरिएको हल्ला गलत छ ।’, उनले भने, ‘अहिलेको सरकारलाई दिएको समर्थन कायम रहन्छ ।’
उनले पार्टी विभाजित भए पनि पहिचान र समावेशिता अन्दोलनलाई आफूले नछाड्ने बताए ।
यादवमाथि माधव नेपाललाई प्रधानमन्त्री बनाउने गरी वर्तमान सरकार ढाल्न नेपाली कांग्रेससँग निकटता बढाएको आरोप लागेको थियो ।
प्रकाशित मिति: २६ बैशाख २०८१, बुधबार