धानको न्यूनतम समर्थन मूल्य तोकियो


 


काठमाडौं, असार २७ । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । जसअनुसार मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ तोकेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्य गत वर्षको तुलनामा २३१ रुपैयाँले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले मोटो धानका लागि प्रतिक्विटल २ हजार ९६७ रुपैयाँ तोकेको थियो भने मध्यम धानका लागि प्रतिक्विटल ३ हजार १२८ रुपैयाँ तोकिएको थियो ।

अघिल्लो वर्ष ढिलागरी धानको न्यूनतम समर्थन मूल्य तोकेपनि यसपालि भने सरकारले छिट्टै तोकेको हो । गत वर्ष सरकारले कात्तिकको अन्तिम साता धानको न्यूनतम समर्थन मूल्य तोकिएको थियो ।

प्रकाशित मिति: २७ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्