ट्राफिक प्रहरीलाई हातपात गर्ने पक्राउ


 


सुर्खेत, असार २७ । वीरेन्द्रनगर नगरपालिका–७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट तथा हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

ट्राफिक प्रहरीमाथि हातपात गर्ने सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश केसीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा चेकजाँच गर्ने क्रममा क.प्र.०२००१ प १५२८ नम्बरको मोटरसाइकलमा सवार प्रकाश समेतका ४ जनाले चेकिङमा खटिएका प्रहरी सहायक हवल्दारलाई एक्कासी हातपात तथा कुटपिट गरेकाथिए ।

घटनामा संलग्न अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २७ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्