उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परीक्षण, अमेरिका आक्रोशित


 


एजेन्सी। उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण प्योङयाङले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमानहरूलाई खसाल्ने धम्की दिएको केही दिनमै भएको हो ।

उत्तर कोरियाली नेता किम जोङ उनले सामरिक एवम् आणविकलगायत हतियार विकासका लागि आह्वान गरेका छन् । नेता किमको आह्वानको जवाफमा सोल र वाशिङ्गटनले सुरक्षा सहयोगलाई बढाएका छन् ।

यदि प्योङयाङले अमेरिका र उसका सहयोगीहरूविरुद्ध आणविक हतियार प्रयोग गरेमा उत्तर कोरियालाई आणविक हतियारले नै जवाफ दिएर वर्तमान सरकारको अन्त्य गराउने प्रण अमेरिकाले गरेको छ ।

दक्षिण कोरियाको सेनाले बिहान १० बजे प्योङयाङ क्षेत्रबाट परीक्षण गरिएको लामो दूरीको ब्यालेस्टिक मिसाइल पत्ता लगाएको बताएको छ ।

परीक्षणलाई गम्भीर उत्तेजना भन्दै संयुक्त सेना प्रमुखले त्यसबाट कोरियाली प्रायद्वीपको शान्ति र सुरक्षामा हानी हुने भएकाले त्यसलाई अविलम्ब रोक्न प्योङयाङलाई आह्वान गरेको छ ।

प्रकाशित मिति: २७ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्