प्रहरी जवानलाई यातना दिएको घटना छानबिन गर्न समिति गठन


 


सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हातखुट्टा बाँधेर यातना दिइएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको छ ।

मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) जनक भट्टराईले घटनाबारे छानविन गर्न छानबिन समिति बनाइएको जानकारी दिए । उनले समितिको प्रतिवेदनपछि आवश्यक कारबाही हुने बताए ।

प्रहरी जवान अनु रायलाई हात पछाडि पारेर बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएसँगै यसमा मातहतका इन्सपेक्टर मुछिएका छन् ।
रायलाई आफ्नै कार्यालयका इन्स्पेक्टर हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएको आरोप लागेको छ।

सामाजिक संजालमा भाइरल भिडियोमा प्रहरी जवान रायले रुँदै बाँधिएको हात खोलिदिन खोलिदिन अनुरोध गरेको सुनिन्छ । रायका आफन्तले न्यायको लागि अदालत जाने बताएका छन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी रवीन्द्र राज पाण्डेले रायले मादक पदार्थ सेवन गरेको भनिए पनि मेडिकल रिपोर्टमा नदेखिएको बताइसकेका छन् ।

प्रकाशित मिति: २७ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्