कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि सुनुवाइ सुरु


 


काठमाडौं, साउन ८ । कोशी प्रदेश सरकार गठबनविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि सुनुवाई सुरु भएको छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा १२ः३५ बजेदेखि सुनुवाइ सुरु भएको हो ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो ।

सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।

रिट निवेदनमा कार्कीले प्रदेशको ठूलो दलको नेताका हिसावले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका छन् ।

प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्