झापाको केचनामा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह


 


काठमाडौं, साउन १४
झापासहित आसपासका क्षेत्रमा अहिले ठूलो पानी परेको छ ।

केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको हो । त्यस आसपास क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान पौने ५ बजे सूचना जारी गरी भनेको छ,’झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको छ। सो क्षेत्र भई बहने ससाना खोलामा बाढीको जोखिम, तटीय डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाऔँ।’

त्यस्तै, गएराति कास्की र पर्वतमा ठूलो पानी परेको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्