नेकपा एसका नेता तुलाधर एमाले प्रवेश


 


काठमाडौं, साउन २७ । नेकपा (एकीकृत समाजवादी) पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा (एमाले)मा प्रवेश गरेकी छन् ।

तुलाधर आज (शनिबार) बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर एमाले प्रवेश गरेकी हुन् ।

ललितपुर निवासी तुलाधर नेकपा एस स्थापनासँगै वैकल्पिक केन्द्रीय सदस्य बनेकी थिइन् ।

पार्टी प्रवेश कार्यक्रममा एमाले ललितपुरका नेताहरुको पनि उपस्थित थियो ।

प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्