जनमतलाई भित्र्याउन एक मन्त्रीलाई फिर्ता बोलाउने प्रचण्डको चयारी


 


काठमाडौं, साउन २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जनमत पार्टीलाई सहभागी गराउन आफ्नै पार्टीका एक मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।

माओवादी निकट स्रोतका प्रचण्डले सरकारमा रहेका पाँच मन्त्रीहरु मध्येबाट एक जनालाई फिर्ता बोलाएर जनमतको सत्तारोहण गराउने तयारी गरेका हुन् ।

उनले माओवादीबाट सरकारमा सहभागी मन्त्रीमध्ये संस्कृति पर्यटन तथा नागरिक उ्ड्यन मन्त्री सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीमध्ये एक जनालाई सरकारबाट फिर्ता बोलाउने गरी गृहकार्य गरिरहेका छन् ।

माओवादीले सरकारमा प्रधानमन्त्रीसहित पाँच मन्त्रालय र एक राज्यमन्त्री पाएको छ। सरकारमा नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि, अमनलाल मोदी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री,सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उ्ड्यन मन्त्री र सुशीला श्रीपाली राज्यमन्त्री रहेका छन्।

यस अघि जनमत पार्टीका तर्फबाट अब्दुल खान खानेपानी मन्त्रालयसहित सरकारमा सहभागी भएका थिए। सरकारमा सामेल भएको उक्त पार्टीले रोजेको मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिएको थियो।

प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्