घरमा चोर्न पसेका युवक पक्राउ, खल्तीमा लागु औषध


 


कञ्चनपुर, भदौ ७ । कञ्चपुरको भिमदत्त नगरपालिकाको एक घरमा चोर्न परेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

नगरपालिकाको वडा नम्बर–१० पशुपति टोलस्थित किशोर नेपालीको घरमा चोरी गर्न पसेका डडेल्धुराको गन्यापधुरा गाउँपालिका–६ का वर्ष २३ का प्रकाश नेपालीलाई प्रहरीले बुधवार साँझ पक्राउ गरेको हो ।

घरमा चोरी गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । त्यसक्रममा चेकजाँज गर्दा उनको साथबाट प्रहरीले खैरो हेरोईन जस्तो देखिने १.८३ ग्राम धुलो पदार्थ बरामद गरेको छ ।

प्रहरीले उनलाई नियन्त्रणमा लिइएको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: ७ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्