राप्रपा नेपालको केन्द्रीय समिति बैठक सुरु, राजसंस्थाबारे धारणा सार्वजनिक गर्दै


 


काठमाडौं, भदौ ७ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको केन्द्रिय कार्यसमितिको बैठक आज (बिहिबार)देखि शुरु भएको छ ।

बैठकले राजसंस्था सम्बन्धी पार्टीको आधिकारिक धारणा तय गर्ने बताइएको छ । बैठकमा राजसंस्था सम्बन्धि पार्टीको धारणा तयार गर्न गठित समितिको प्रतिबेदन समितिका संयोजक प्रा.डा. बिष्णु भण्डारीले प्रस्तुत गरेका छन् ।

अहिले बर्तमान परिस्थिति एबं पार्टीको बैचारिक, सांगठनिक एबं रणनीतिक कार्यदिशा र कार्ययोजनाबारे अध्यक्ष थापाले कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।

यसैगरी बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन प्रस्तुत हुने बताइएको छ ।

प्रकाशित मिति: ७ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्